नेपाली कांग्रेस बारा क्षेत्र नम्बर ४ ले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारहरू सिफारिस गरेको छ।
फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि बारा ४ बाट प्रत्यक्षतर्फ ९ जनाको नाम सिफारिस भएको हो।
नेताहरू श्यामबाबु गुप्ता, बृजलाल यादव, कृष्णब्रत सिङ, नवराज त्रिपाठी, शोभाकर पराजुली, राजकिशोर गुप्ता, दिपेन्द्र पटेल, हरिशन्कर गुप्ता, कपिलदेव यदवको नाम सिफारिस भएको छ।
यीमध्ये नवराज त्रिपाठी नेविसंघ हुँदै पार्टी राजनीतिमा सक्रिय छन्। उनी प्राकृतिक स्रोत विभागका सचिव पनि हुन्। उनले नेविसंघमा ३२ वर्षे उमेर हद लगाउनुपर्छ भनेर अनशन बसेर उमेर हद लागू गराएका थिए।
साथै समानुपातिकतर्फ ६ जनाको नाम सिफारिस भएको छ।
हरि थपलिया, नारायणी रायमाझी, शोभा लामा, माधवप्रसाद उपाध्याय, विनेद मण्डल, फैज अन्सरीको नाम सिफारिस भएको हो।
राष्ट्रिय सभातर्फ अब्दुल मोतिलाल अन्सारी, प्रेम साह कनु र राधादेवी साहको नाम सिफारिस भएको छ।