नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत दुई ठाउँबाट उम्मेदवार सिफारिस भएका छन्।
महत नुवाकोट क्षेत्र नम्बर १ र काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका हुन्।
नुवाकोट १ बाट महतको नाम एकल रूपमा सिफारिस भएको छ। काठमाडौं ५ बाट भने महतसहित ६ जनाको नाम सिफारिस भएको थियो। महत नुवाकोट १ बाट चुनाव लड्ने तयारीमा छन्।
समानुपातिकतर्फ नुवाकोट १ मा मा कृष्णबहादुर लामा, महेन्द्र थिङ, कबिराज गुरुङ, प्रकाश गौतम, भवानी देवकोटा, अन्जु आचार्य, कल्पना नेपालीको नाम सिफारिस भएको छ।
राष्ट्रिय सभातर्फ रामकृष्ण थापा र भाग्य श्री लामाको नाम सिफारिस भएको हो।