नेपाली कांग्रेस बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ ४ जनाको नाम सिफारिस भएको छ।
फागुन २१ गते हुने निर्वाचनका लागि सञ्जयकुमार गौतम, रत्ना थारु, महेन्द्रकुमार शर्मा र गंगाधर पौडेलको नाम सिफारिस भएको हो।
गौतम २०७०, २०७४ र २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका थिए।
सिफारिसमा परेका महेन्द्रकुमार शर्मा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष तथा कांग्रेसका केन्द्रीय आमन्त्रित सदस्य हुन्। रत्ना थारू र गंगाधर पौडेल महासमिति सदस्य हुन्।
प्रतिनिधि सभा समानुपातिकतर्फ मिश्रिलाल यादव, तिलकबहादुर बुढाक्षेत्री, लक्ष्मी ढकाल, रहिस अहमद सिद्धिकी, गोविन्दप्रसाद थारु, कालुराम विक र पुष्पलाल श्रेष्ठको नाम सिफारिस भएको छ।
राष्ट्रिय सभा सदस्यका लागि अरुणप्रकाश सिंह राठोर, महेन्द्रराज तिवारी र जावेदा खातुनको नाम सिफारिस भएको छ।