भक्तपुरको सल्लाघारीस्थित नेकपा एमालेको महाधिवेशनस्थलमा चार हजार भन्दा बढी कार्यकर्ताहरू जम्मा भएका छन्।
शनिबार बिहान ११ बजेसम्म चार हजार भन्दा बढी कार्यकर्ता जम्मा भएका हुन्। कार्यक्रमस्थलमा कार्यकर्ताहरू आउनेक्रम जारी नै छ।
यस्तै काठमाडौं उपत्यका प्रवेश गर्ने विभिन्न नाकाबाट गाडीबाट कार्यकर्ताहरू आउनेक्रम पनि जारी नै छ।
बिहान १० बजेसम्म काठमाडौं उपत्यका मात्रै १४ हजार भन्दा बढी मानिस एमालेको कार्यक्रमका लागि प्रवेश गरेको स्रोतले बतायो।
एमालेले कार्यक्रमका लागि दुई लाख कार्यकर्ता जम्मा हुने दाबी गर्दै आएको छ।