नेकपा एमालेको ११ औं महाधिवेशन सुरू भएको छ।
भक्तपुरको सल्लाघारी चौरमा महाधिवेशन स्थल छ। महाधिवेशन स्थलमा एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित भइसकेका छन्।
अन्य पाहुनाहरू पनि आउने क्रम जारी रहेको उपमहासचिव प्रदीप ज्ञवालीले सम्बोधन क्रममा जनाएका छन्।
महाधिवेशन स्थलतर्फ अहिले विभिन्न क्षेत्रबाट र्यालीहरू र झाँकी आउने क्रम जारी छ।
काठमाडौं उपत्यका प्रवेश गर्ने विभिन्न नाकाबाट गाडीबाट कार्यकर्ताहरू आउनेक्रम पनि जारी नै छ।
एमालेले कार्यक्रमका लागि दुई लाख कार्यकर्ता जम्मा हुने दाबी गर्दै आएको छ।