नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र अजेय र एमाले अजम्बरी रहेको बताएका छन्।
शनिबार ११ औै महाधिवेशनको उद्घाट समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तीन महिनाअघि महालीलाग्दा दिनहरूबीच एमालेको सान्दर्भिकता समाप्त भएको भन्ने भाष्य खडा गर्न खोजिए पनि त्यो सम्भव नभएको बताएका हुन्।
एउटा भाष्य निर्माण गर्ने कोसिस भइरहेको थियो। पुराना पार्टीहरु सकिए। पुराना नेताहरुको दिन गए। नेकपा एमालेको सान्दर्भिकता समाप्त भयो। यस्तो भाष्य खडा गर्न खोजिएको थियो। धुँवा खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै जनसागर ओर्लिएको छ। लोकतन्त्र अजेय छ। नेकपा एमाले अजम्बरी छ,' उनले भने।
उनले सल्लाघारीमा उपस्थित भएकाहरूलाई मात्रै एमाले नठान्न पनि चुनौती दिए।
'यहाँ उपस्थित भएका महासागरको थोपा मात्रै हो। यो उपस्थिति गर्वको विषय हो,' उनले भने।