नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र जेनजी प्रतिनिधिबीच भएक सम्झौतालाई नाटक मञ्चन गरेको बताएका छन्।
शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित ११औं महाधिवेशनमा बोल्दै उनले सरकार र जेनजीबीच सम्झौता गरी नाटक मञ्चन गरेको र लोकतन्त्रलाई रोक्ने वातावरण सिर्जना गर्ने प्रपञ्च बुनेको बताएका छन्।
‘एकातिर निर्वाचनको हल्ला गर्ने, अर्कोतिर निर्वाचन बिथोल्ने ‘सरकार–जेनजी सम्झौता’जस्ता नाटक मञ्चन गरेर लोकतन्त्रलाई रोक्ने वातावरण सिर्जना गर्ने अनेक प्रपञ्चहरूको जालो पनि बुनिरहेको छ। यस स्थितिलाई तोडेर संविधानलाई पुनः लिकमा फर्काउनु छ, जहाँ नेपाल सुरक्षित होओस्,’ उनले भने।
उनले असंवैधानिक तरिकाले निर्माण भएको सरकारले गरेको प्रतिनिधि सभा विघटनलाई पुनर्स्थापना गर्ने बाटोमा लाग्न पनि बताएका छन्।
‘यस जटिल परिस्थितिमा अनेक चुनौतीहरूको सामना गर्दै आफ्नो गन्तव्यतर्फ दृढता र सक्रियताका साथ अगाडि बढौं। अहिले तत्कालका लागि अनधिकृत र असंवैधानिक सिफारिसमा विघटित प्रतिनिधिसभाको पुनःस्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेशबाट नयाँ प्रतिनिधिसभा निर्माण गर्ने बाटोमा अगाडि बढौं। वर्तमान असंवैधानिक सरकारले जालझेल र प्रतिशोधको बाटो लिएको छ,’ उनले भने।