नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरूङले कम्युनिस्ट पार्टीहरूबीच एकताको विकल्प नरहेको बताएका छन्।
एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा सम्बोधन गर्दै नेता गुरूङले मुलुकको पछिल्लो परिस्थितिबीच कम्युनिस्टहरूको एकता अनिवार्य रहेको बताएका हुन्।
'गणतन्त्रवादी शक्तिहरूको बीचमा सहकार्यको साथै गणतन्त्र रक्षाका निम्ति अगुवाको भूमिका निर्वाह गर्नका लागि कम्युनिस्टहरू एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प छैन। कम्युनिस्टहरू मात्रै सही अर्थमा देशभक्त र राष्ट्रवादी हुन्छ,' उनले भने।
तर विगतदेखि नै विभिन्न ढंगबाट एकता विघटन हुँदै आएको उनले बताए।
'विगत ७ वर्ष पूर्वदेखि तत्कालीन नेकपा निर्माण गर्ने प्रक्रियाको यात्रा सुरू भएको थियो। निरन्तरता कायम राख्न सकेनौं। अहिले त्यही बेलाको विचार धारासहित एकता अभियान सुरू गरेका छौं,' उनले भने।