नेपाली कांग्रेस कालिकोटले उम्मेदवारहरू सिफारिस गरेको छ।
प्रतिनिधि सभा प्रत्यक्षतर्फ भूपेन्द्रजंग शाही, अम्बबहादुर शाही र सीता रावलको नाम सिफारिस भएको हो।
समानुपातिकतर्फ कालीबहादुर सहकारी, सुशीला शाही बम, मनबहादुर नेपालीको नाम सिफारिस भएको छ।
राष्ट्रिय सभातर्फ देउराज शाही र यशोधा शाहीको नाम सिफारिस भएको हो।