नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत आइतबारदेखि बन्द सत्र सुरू हुँदैछ।
उद्घाटन समारोह शनिबार भक्तपुरको सल्लाघारीमा गरेको एमालेले बन्द सत्र भने काठमाडौंको भृकुटीमण्डपमा गर्दैछ।
बन्द सत्रमा सरिक हुन उपस्थित महाधिवेशन प्रतिनिधिहरूको भृकुटीमण्डपमा चहलपहल बिहानैदेखि छ।
बन्द सत्र सुरू हुनअघि एमालेको केन्द्रीय कमिटी बैठक बस्दैछ।
बिहान ९ बजे बन्द सत्र हुने हलमै केन्द्रीय कमिटी बैठक बस्न लागिएको हो।
यो मौजुदा केन्द्रीय कमिटीको अन्तिम बैठक पनि हो। बैठकमा बन्द सत्रमा छलफल हुने विषयबारे छलफल गर्नेछ।
अन्तिम बैठक भएकाले यसले धन्यवाद ज्ञापन गर्नेछ।
केन्द्रीय कमिटी बैठक सकिएपछि बन्द सत्र सुरू हुनेछ।
एमालेको महाधिवेशन प्रतिनिधि संख्या २ हजार २६२ छ।