जेनजी युवाहरूले आज आइतबार झापा क्षेत्र नम्बर ५ बाट जनजागरण अभियान सुरू गर्ने भएको छ। यो नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो।
नेपाल जेनजी फ्रन्ट (झापा) ले आइतबार दिउँसो २ बजे दमकको गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि जनजागरण कार्यक्रम आयोजना गरेको छ।
आन्दोलनमा सहभागी हुन फ्रन्टकी संयोजक रक्षा बम, यतिश ओझा र काउन्सिल अफ जेनजीका कोशी संयोजक उपार्जुन चाम्लिङ झापा पुगेका छन्।
उनीहरूले जेनजी आन्दोलनको सम्झौतापछि आन्दोलन नयाँ चरणमा प्रवेश गरेको भन्दै जेनजी युवाहरूका लागि सन्देश दिनेछन्। कार्यक्रममा नागरिक समाज, स्थानीय अगुवाहरू पनि सहभागी हुने आयोजकले बताएको छ।