मुक्कुम्लुङ क्षेत्रमा भइरहेको केबलकार निर्माण कार्य तत्काल खारेज गर्न माग गर्दै मुक्कुम्लुङ तान्सेप चुम्भो तथा मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गरेको छ।
समितिले बुधबार प्रेस वक्तव्य जारी गर्दै गैरकानुनी रूपमा वन फडानी, जग्गा किनबेचमा ठगी, भ्रष्टाचार तथा झुटा–फर्जी कागजातको आधारमा मुक्कुम्लुङ अतिक्रमण गरी केबलकार निर्माण भइरहेको आरोप लगाएको हो।
समितिले सरकारसँग निरन्तर वार्ता, संवाद र छलफल भइरहे पनि सरकारले निर्माण कार्य रोक्न दिएको निर्देशनलाई बेवास्ता गर्दै कामलाई निरन्तरता दिइएको भन्दै आन्दोलन घोषणा गर्न बाध्य भएको जनाएको छ।
घोषित कार्यक्रमअनुसार वैशाख ३० गते ताप्लेजुङको फुङलिङ तथा काठमाडौंको माइतीघर मण्डलामा पत्रकार सम्मेलन गरिनेछ। त्यसैगरी जेठ ५ गते विभिन्न राजनीतिक दलसँग छलफल तथा अन्तरक्रिया, जेठ ७ गते प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको छ।
यस्तै, जेठ ९ गते विभिन्न संघसंस्थासँग अन्तर्क्रिया, जेठ ११ गते कालो झण्डासहित कोणसभा, जेठ १६ गते फुङलिङ बजारमा खबरदारी तथा विरोध प्रदर्शन र जेठ १७ गते मुक्कुम्लुङ क्षेत्रमा वृक्षरोपणसहित विरोध कार्यक्रम आयोजना गरिने संघर्ष समितिले जनाएको छ।
समितिले सम्पूर्ण जनसमुदायलाई आन्दोलनका कार्यक्रममा सहभागी हुन आह्वान गर्दै केबलकार निर्माणसँग सम्बन्धित सम्पूर्ण काम बन्द गरी सत्यतथ्य छानबिनपछि आयोजना खारेज गर्न माग गरेको छ।
तस्बिरहरू:
-1778659981.jpg)
-1778659980.jpg)
-1778659979.jpg)
-1778659981.jpg)
-1778659980.jpg)
-1778659980.jpg)
-1778659979.jpg)
-1778659979.jpg)
-1778659977.jpg)
-1778659977.jpg)
-1778659978.jpg)
-1778659978.jpg)
-1778659977.jpg)
-1778659977.jpg)
-1778659976.jpg)
-1778659976.jpg)
-1778659976.jpg)
-1778659976.jpg)