नेपाल मगर संघको १३ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रम सुरु भएको छ।
भृकुटीमन्डपबाट र्याली सहित पुतलीसडक हुँदै प्रज्ञा भवन कमलादी पुगी औपचारिक कार्यक्रम सुरु भएको हो।
महाधिवेशन आजदेखि तीन दिनसम्म चल्नेछ।
महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनदेखि संगठनको भावी कार्यदिशासम्म तय गरिने संघले जनाएको छ।
यो महाधिवेशनको नारा ऐतिहासिक मगरात सभ्यता र प्राचीन संस्कार–संस्कृतिको जगमा मगरात दर्शन निर्माण गरौं, समृद्ध मगर समाज निर्माणको पक्षमा १३ औँ राष्ट्रिय महाधिवेशन भव्यताका साथ सफल पारौं' भन्ने राखिएको छ।
महाधिवेशनको उद्घाटन पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य बर्षमान पुनले गर्ने कार्यक्रमछ।
देशभरका ६८ जिल्ला, सात प्रदेश समिति, नौ भ्रातृ संस्था तथा १३ प्रवास शाखाबाट करिब सात सय प्रतिनिधिको सहभागिता रहने संघले जनाएको छ।
तस्बिरहरूः
-ink-1779442184.jpeg)
-ink-1779442184.jpeg)
-ink-1779442184.jpeg)
-ink-1779442184.jpeg)
-ink-1779442183.jpeg)
-ink-1779442183.jpeg)
-ink-1779442183.jpeg)
-ink-1779442183.jpeg)
-ink-1779442183.jpeg)
-ink-1779442183.jpeg)
-ink-1779442183.jpeg)
-ink-1779442183.jpeg)
-ink-1779442182.jpeg)
-ink-1779442182.jpeg)