जनमत पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ।
पार्टीको केन्द्रीय सचिवालय समितिको निर्णयअनुसार पार्टीको केन्द्रीय समिति पूर्ण बैठक जेठ २४ गते आइतबार आह्वान भएको जनमत पार्टीले बताएको छ।
बैठक नयाँ बानेश्वरस्थित सनराइज क्याफे एण्ड बैंक्वेटमा बस्नेछ।
बैठकमा केन्द्रीय सचिवालय समिति, केन्द्रीय कार्यकारिणी समिति, केन्द्रीय राजनीतिक समिति, केन्द्रीय समिति तथा जिल्ला कार्य समितिलाई उपस्थित हुन भनिएको छ।