विपक्षी दलहरूको छलफल सुरू भएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा छलफल सुरू भएको हो।
छलफलमा कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू सहभागी छन्।
आजै दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दैछ।
प्रधानमन्त्री बालेन शाहले आइतबार प्रतिनिधि सभा बैठकको रोस्ट्रमबाट दिएको अभिव्यक्तिका सन्दर्भमा विपक्षी दलहरूले छलफल गरी सामूहिक धारणा बनाउन लागेका हुन्।
प्रधानमन्त्री शाहले आइतबार सीमाबारे संसदमा दिएकोअभिव्यक्तिको आलोचना भइरहेको छ। उनले 'नेपालले पनि भारतको जग्गा मिचेको रहेछ' भन्ने अभिव्यक्ति दिएका थिए।
तस्बिरहरूः
-ink-1780296816.jpeg)
-ink-1780296815.jpeg)
-ink-1780296815.jpeg)
-ink-1780296815.jpeg)
-ink-1780296815.jpeg)
-ink-1780296815.jpeg)
-ink-1780296815.jpeg)
-ink-1780296815.jpeg)
-ink-1780296815.jpeg)