प्रतिनिधि सभा बैठकमा आज पनि विपक्षीले विरोध गरेका छन्।
बैठक कार्यसूचीमा प्रवेश हुन लाग्दा विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाले विरोध जनाएका हुन्।
विपक्षी दलहरूले प्रधानमन्त्रीले भारतसँगको सीमानाबारे संसदमा दिएको अभिव्यक्तिबारे जबाफ दिनुपर्ने, माफी माग्नुपर्ने र उक्त भनाइ संसदको रेकर्डबाट हटाउन माग गर्दै आएका थिए।
विपक्षीहरूको विरोधका कारण संसदमा बजेटमाथिको छलफल सुरू हुन सकेको छैन।
यसअघि जेठ १९ गते बैठक बसेको थियो। त्यतिबेला विपक्षीको विरोधका कारण स्थगित भएको बैठक आज बसेको हो।
विरोध जारी भएपछि सभामुख डोलप्रसाद अर्यालले दलका प्रतिनिधिहरूलाई बोल्न समय दिएका छन्।
एमाले दलका उपनेता पद्मा अर्यालले प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर जबाफ दिन र माफी माग्न आग्रह गरेकी छन्।
तस्बिरहरूः
-1780903704.jpg)
-1780903703.jpg)
-1780903703.jpg)
-1780903703.jpg)
-1780903702.jpg)
-1780903702.jpg)
-1780903702.jpg)
-1780903702.jpg)
-1780903703.jpg)
-1780903704.jpg)