राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले आफूलाई हत्याको र बलात्कारको धम्की आएको भनेपछि गृहमन्त्री सुधन गुरूङले संसद भित्रै उनीसँग कुराकानी गरेका छन्।
बुधबार प्रतिनिधि सभा बैठक चलिरहँदा सुधनले खुश्बु ओली बसेको प्रतिपक्षी बेन्चमै गएर उनीसँग कुराकानी गरेका हुन्।
'तपाईंलाई धम्की दिनेहरूलाई कारबाही गर्छौं भन्नुभयो। मैले कारबाहीको प्रक्रियामा जानुस् भनेँ,' वलीले सेतोपाटीसँग भनिन्।
तर कतिपय धम्कीहरू विदेशबाट आएको र कतिपय अपरिचित व्यक्तिबाट आएको पनि जानकारी गराएकी थिइन्।
बैठकको आकस्मिक समयमा बोल्दै वलीले सनातन धर्मको पक्ष र जबरजस्ती धर्मान्तरण विरूद्ध संसदमा बोल्दा त्यस्ता धम्कीहरू आएको बताएकी थिइन्।
' अहिलेसम्म ज्यान मार्ने धम्की, बलात्कार गर्ने धम्की, भौतिक आक्रमण गर्ने धम्की अहिलेसम्म आइरहेको छ। व्यक्तिगत रूपमा म त्यस्ता धम्कीहरू सहन सक्छु तर यो सिंगो सनातन धर्ममाथिको प्रहार हो,' उनले भनेकी थिइन्।
यो विषयमा गृहमन्त्री गुरूङले संसदभित्रै वलीसँग भेटेर कुरा गरेकी हुन्।
गुरूङ मंगलबार मात्रै दोस्रो पटक गृहमन्त्री नियुक्त भएका थिए।
तस्बिरहरूः
-1781086394.jpg)
-1781086394.jpg)
-1781086393.jpg)
-1781086393.jpg)
-1781086393.jpg)
-1781086393.jpg)
-1781086393.jpg)
-1781086393.jpg)