सरकारले सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाएको विरोधमा माइतीघरमा प्रदर्शन भएको छ।
आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन वैज्ञानिक समाजवादी विद्यार्थी संगठन र जात व्यवस्था उन्मुलन मोर्चाले बिहीबार माइतीघरमा प्रदर्शन गरेको हो।
सरकारले वैशाख १२ गते काठमाडौंका नदी/खोला किनारका सुकुम्बासी वस्तीमा डोजर चलाएर त्यहाँ बसिरहेकाहरूलाई कीर्तिपुर, इचंगु, खरिपाटी, बनेपा, नगरकोटका होल्डिङ सेन्टरमा राखिरहेको थियो।
तर असार ८ गते सूचना जारी गर्दै उनीहरूलाई सरकारले पाँच दिनभित्र छाड्नू भनेर सूचना जारी गर्यो। त्यसपछि सुकुम्बासीहरूले होल्डिङ सेन्टर नछाडेपछि थप तीन दिनको समय दिएको थियो।
अहिले होल्डिङ सेन्टरमा खाना र पानीको व्यवस्था समेत कटौती गरिएको छ। सुकुम्बासीहरुलाई होल्डिङ सेन्टर छाडेर जानू भन्ने सूचना भित्तामा टाँसिएको छ।
उनीहरूलाई पुनर्स्थापनाका लागि सरकारले २५ हजार रूपैयाँ दिने भनेको छ। त्यसपछि तीन महिनासम्म मासिक १५ हजार रूपैयाँ दिने भनेर होल्डिङ सेन्टर छाड्न सरकारले उर्दी जारी गरेको थियो।
यद्यपि सबै सुकुम्बासीहरूले २५ हजार रूपैयाँ लिएका छैनन्।
काठमाडौंमा कोठा पाउन अहिले मुस्किल छ। सुकुम्बासीहरू भनेपछि अझै गेटबाटै फर्काइदिने गरेको सुकुम्बासीहरूको गुनासो छ।
वस्तीमै रहँदाँ मजदुरी गरेर जसो तसो परिवार पालिरहेकाहरूले बस्ती छाडेपछि रोजगारी पनि गुमाएका छन्। यस्तोमा २५ हजार रूपैयाँले उनीहरूले गाँस, बास र बालबच्चा पढाउन खर्च कसरी पुर्याउनू।
सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाएको विषय संसद बैठकमा पनि उठेको छ।
प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा प्रतिपक्षी दलका सांसदहरुले सुकुम्बासीलाई हटाएर सरकारले मानव अधिकार उल्लंघन गरेको बताएका छन्।
माइतीघरको प्रदर्शनमा विस्थापित सुकुम्बासीहरूको न्यायको पक्षमा विभिन्न नारा उल्लिखित प्लाकार्ड प्रदर्शन गरिएको छ।
हेर्नुस् तस्बिरहरू
-ink-1783591345.jpeg)
-ink-1783591344.jpeg)
-ink-1783591344.jpeg)
-ink-1783591344.jpeg)
-ink-1783591344.jpeg)
-ink-1783591344.jpeg)
-ink-1783591344.jpeg)
-ink-1783591344.jpeg)
-ink-1783591343.jpeg)
-ink-1783591343.jpeg)
-ink-1783591343.jpeg)
-ink-1783591343.jpeg)