मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाह गरेको घटनामा सरकारको विरोध गर्दै माइतीघरमा प्रदर्शन गरेको छ।
आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूले शुक्रबार दिउँसो प्रदर्शन गरेका हुन्।
'मानवताभन्दा ठूलो नियम हुँदैन', 'गरिबलाई बाँच्न दे सरकार' लगायतका नारा उल्लिखित प्लाकार्ड प्रदर्शन गरेका छन्।
गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।
महानगर प्रहरीले उनको मोटरसाइकलमा ह्वील लक लगाएको विषयमा विवाद भएको भिडिओ पनि सार्वजनिक भएको छ।
विवाद भएपछि गणेश मोटरसाइकलमै सवार रहेको अवस्थामा ह्वील लक लगाइएको भिडिओमा देखिएको छ।
महानगरले गाडीमा हालेर मोटरसाइकल लैजान खोजेपछि गणेशले आफैमाथि पेट्रोल छर्केर आगो लगाएका थिए।
उनलाई गम्भीर घाइते अवस्थामा वीर अस्पताल पुर्याइएको थियो।
सरकारले थप उपचारका लागि भारत लैजाने तयारी गरे पनि शुक्रबार दिउँसो उनको निधन भएको छ।
तस्बिरहरूः
-ink-1783673673.jpeg)
-ink-1783673672.jpeg)
-ink-1783673673.jpeg)
-ink-1783673673.jpeg)
-ink-1783673673.jpeg)
-ink-1783673673.jpeg)
-ink-1783673672.jpeg)