नेपाल तरूण दलले विभिन्न भेला तथा बैठकहरूमा सहभागिता नजनाउन आग्रह गरेको छ।
अध्यक्ष मनिष कोइरालाले आज विज्ञप्ति जारी गर्दै कुनै व्यक्ति वा स्वार्थ समूहले गर्ने भेला वा सभामा नजान भनेका हुन्।
‘कुनै व्यक्ति वा स्वार्थ समूहद्वारा आयोजना गरिने भेला वा सभाहरूमा सहभागी नहुन तरूण साथीहरू लगायत सम्बद्ध सबैमा आग्रह गरिन्छ,’ उनले भनेका छन्, ‘यदि कसैले अनुशासन विपरीतका कार्य गरे वा गराएमा, दल त्यस्ता व्यक्तिहरूमाथि आवश्यक कारबाही गर्न बाध्य हुने व्यहोरा सबैमा जानकारी गराइन्छ।’
कांग्रेसमा पार्टी एकतालाई दबाब दिने भन्दै विभिन्न भेलाहरूको मिति तय भएका छन्।
यो पनि- कांग्रेस एकताका नाममा भेलैभेला