श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरूलाई प्रधानमन्त्रीले बोलाएर ७ घन्टा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बन्दी बनाएको विषय सुनिएकोले त्यहाँ त्यस दिन के के गर्न लगाइयो जानकारी दिन आग्रह गरेका छन्।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा आज अख्तियारका प्रमुख आयुक्त र अरू आयुक्तहरू पनि सहभागी छन्।
सोही क्रममा साम्पाङले भने, ‘प्रधानमन्त्रीले बोलाउनुभयो र बन्दी बनाउनुभयो भन्ने सुनेको छु। त्यहाँ के–के गर्न लगाइयो, बताइदिनुहोला। प्रधानमन्त्रीले सात घण्टा बन्दी बनाएको भनिएको हो भने त्यो अधिकारको दुरूपयोग हो। यसमा कसले कारबाही गर्ने? अख्तियारले आर्थिक विषयभन्दा अधिकारको दुरूपयोग हेर्ने अधिकार पनि राख्छ। कारबाही हुनुपर्छ।’
उनले पूर्वप्रधानमन्त्री र मन्त्रीले गल्ती गर्दा कारबाही गर्ने कि नगर्ने भनेर पनि सोधेका थिए।
‘बेनामे उजुरी दिएर हैरान बनाउने, हावाको भरमा उजुरी दिएर दुःख दिने गरिएको छ। बिनाप्रमाण उजुरी दिए कारबाही गर्छु। १५–१५ दिनमा स्पष्टीकरण लेख्दालेख्दै हैरान भइयो,’ उनले भनेका थिए।
यो पनि- अख्तियारको 'फुल' टिमलाई प्रधानमन्त्री कार्यालयमा ९ घन्टा 'थुनेर' पक्राउ पुर्जी काट्न बाध्य पारिएको घटना