नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले अधिवेशन निर्देशिका सार्वजनिक गरेको छ।
जसमा विभिन्न तहका लागि उम्मेदवारको मनोनयन फारम शुल्क पनि उल्लेख छ।
जसअनुसार गाउँ-नगर वडा कार्यसमिति सभापति पदका लागि मनोनयन फारम लिन १ हजार शुल्क लाग्ने उल्लेख छ।
उपसभापति, सचिव र सहसचिवका लागि ७ सय, सदस्यका लागि ५ सय र क्षेत्रीय प्रतिनिधिका लागि ५ सय शुल्क छ।
गाउँपालिका कार्यसमिति सभापतिका लागि ५ हजार, उपसभापति र सचिवका लागि २ हजार, सहसचिवका लागि १५ सय र सदस्यका लागि १ हजार शुल्क लाग्नेछ।
नगरपालिका कार्यसमिति सभापतिका लागि ५ हजार, उपसभापति र सचिवका लागि ३ हजार, सहसचिवका लागि २ हजार र सदस्यका लागि १ हजार शुल्क छ।
महानगर/उपमहानगर सभापतिका लागि ७ हजार, उपसभापति र सचिवका लागि ४ हजार, सहसचिवका लागि ३ हजार र सदस्यका लागि २ हजार छ।
प्रदेश सभा क्षेत्रीय कार्यसमिति सभापतिका लागि ७ हजार, उपसभापति र सचिवका लागि ४ हजार, सहसचिवका लागि ३ हजार र सदस्यका लागि २ हजार शुल्क तोकिएको हो।
प्रदेश अधिवेशन प्रतिनिधि निर्वाचनका लागि ५ हजार शुल्क छ।
प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति सभापतिका लागि १० हजार, उपसभापति र सचिवका लागि ५ हजार, सहसचिवका लागि ४ हजार र सदस्यका लागि २ हजार शुल्क छ।
केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका लागि ७ हजार र केन्द्रीय महासमिति सदस्यका लागि ५ हजार शुल्क तोकिएको छ।
जिल्ला कार्यसमिति सभापतिका लागि १५ हजार, उपसभापति र सचिवका लागि ७ हजार, सहसचिवका लागि ६ हजार र सदस्यका लागि ३ हजार शुल्क छ।
प्रदेश कार्यसमिति सभापतिका लागि २० हजार, उपसभापति र महामन्त्रीका लागि १५ हजार, सहमहामन्त्रीका लागि १० हजार र सदस्यहरूको लागि ५ हजार शुल्क तोकिएको हो।
केन्द्रीय कार्यसमिति सभापतिका लागि ४० हजार शुल्क छ।
उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यका लागि ११ हजार शुल्क छ।
कांग्रेस वडा अधिवेशन असोज ३ र ४ गते र विभिन्न तहगत अधिवेशन गरी केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुनेछ।