आज सर्वदलीय बैठक बस्दैछ।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्न लागेको हो।
बैठक रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ११ बजे बस्नेछ।
बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने जनाइएको छ।
रास्वपाका प्रवक्ता जगदीश खरेलकमा अनुसार बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वको सहभागिता रहने छ।