प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषदको बैठक बोलाएका छन्।
बुधबार अपराह्न ४ बजे बस्ने गरी प्रधानमन्त्री बालेनले मन्त्रिपरिषद बैठक बोलाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुनेछ।
बैठकमा समसामयिक विषयहरूमा छलफल भई आवश्यक निर्णयहरू हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ।