सिंहदरबारमा सर्वदलीय बैठक जारी छ।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बसेको हो।
बैठक रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा जारी छ।
बैठकमा रास्वपा सभापति रवि लामिछाने, महामन्त्री विपिन आचार्य, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका पद्मा अर्याल, नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपाल, नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दल नेता ज्ञानेन्द्र शाही, जनता समाजवादी पार्टीका नेता शरतसिंह भण्डारी, जनमत पार्टीका अध्यक्ष सिके राउत लगायत उपस्थित छन्।
बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने जनाइएको छ।
तस्बिरहरूः
-ink-1789539291.jpeg)
-ink-1789539291.jpeg)
-ink-1789539291.jpeg)
-ink-1789539291.jpeg)
-ink-1789539291.jpeg)
-ink-1789539291.jpeg)
-ink-1789539290.jpeg)
-ink-1789539290.jpeg)
-ink-1789539290.jpeg)