राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले राजदूत नियुक्ति गर्न सरकारलाई केले रोकेको भनेर प्रश्न गरेका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारलाई राजदूत नियुक्ति केकारण र कसका कारणले रोकिएको भनेर प्रश्न गरेका छन्।
‘राजदूतको कुर्सी खाली राखेर कूटनीति बलियो हुँदैन। अहिलेसम्म राजदूत नियुक्ति किन नगरेको सरकार? जनताले झन्डै दुई तिहाइको जनादेश दिएकै छ,’ उनले प्रश्न गरे, ‘हामी सांसदले पार्टी र सरकारका निर्णमा विश्वास गरेर साथ दिएकै छौं। योग्यता क्षमता र विज्ञता भएका इच्छुक नेपाली नागरिक पनि प्रशस्तै छन्। अनि रोकियो चाहि कहाँ? केले रोक्यो? कसले रोक्यो सरकार?’
त्यसैगरी उनले प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकास्थित संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन जाँदै गर्दा राजदूत नहुने अवस्था रहेको पनि बताए।
‘प्रधानमन्त्रीज्यू राष्ट्र संघको महासभामा सहभागी हुन अमेरिका जाँदै हुनुहुन्छ। तर बिडम्बना अमेरिकामा नै नेपालको राजदूत छैन। त्यसैले सरकारसँग अविलम्ब राजदूत नियुक्त गर्न माग गर्दछु।’