नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।
कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार असोज १ गते बिहीबार दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ।
कांग्रेसले असोज ३ र ४ गते वडा अधिवेशन गर्दैछ। उक्त अधिवेशनअघि केन्द्रीय कार्यसमितिको बैठक आह्वान भएको हो।
महाधिवेशन तयारी, समसामयिक राजनीतिक घटनाक्रम लगायतका विषयमा बैठकमा छलफल हुनेछ।