राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले ७२ जिल्लामा अधिवेशन सकेको छ।
अधिवेशन गरी नयाँ नेतृत्व चयन भएको हो।
५ जिल्लामा भने अधिवेशन हुन बाँकी छ।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार अब राप्रपा महाधिवेशनतर्फ उन्मुख छ। भदौ मसान्तभित्र जिल्ला अधिवेशन गर्ने कार्यतालिका रहेकोमा ७२ जिल्लाले अधिवेशन सकेको उनले जानकारी दिए।
उनकाअनुसार बाढी प्रभावित जिल्लाहरूमा अधिवेशन हुन बाँकी छ। भदौ १० गते भोटेकोशी-त्रिशूली बाढीले ठूलो जनधनको क्षति पुगेको थियो।
‘बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङलाई अधिवेशनको तालिकामा केही सहुलियत दिइएकाले ति जिल्लाहरूमा समेत अब छिट्टै अधिवेशन हुनेछ,’ उनले भने।
कहाँ को भए अध्यक्ष?
गण्डकी प्रदेश
१) कास्की : नारायण गुरुङ
२) नवलपुर : विष्णुप्रसाद अधिकारी
३) गोरखा : रमेशरमण खनाल
४) लमजुङ : क्या. केविन्द्र जंग गुरुङ
५) स्याङ्जा : ऋषिराम लामिछाने
६) बागलुङ : विष्णुप्रसाद सापकोटा
७) तनहुँ : इम बहादुर केसी (केदार)
८) पर्वत : शेर बहादुर उचाई ठकुरी
९) म्याग्दी : वीरबहादुर थापा क्षेत्री
१०) मुस्ताङ : जेम्स हिराचन
११) मनाङ : वाङगेल गुरुङ
लुम्बिनी प्रदेश
१२) रुपन्देही : सागर प्रताप राणा
१३) रोल्पा : अम्मर बहादुर थापा
१४) दाङ : प्रेम शाह
१५) नवलपरासी बसुप : रामभवन यादव
१६) बर्दिया : हेमन्त प्रकाश गिरी
१७) गुल्मी : त्रिविक्रम चन्द
१८) कपिलवस्तु : नारायण बहादुर सिंह
१९) पाल्पा : डुल बहादुर कुँवर
२०) प्युठान : चुमान सिंह बस्नेत
२१) रुकुम पूर्व : अमर बहादुर शाही
२२) बाँके : अरुण प्रताप सिंह
२३) अर्घाखाँची : नारायण प्रसाद खनाल
कोशी प्रदेश
२४) झापा : केशव प्रसाद ओझा
२५) मोरङ : मनोज वस्नेत
२६) इलाम : तारा प्रसाद नेपाल
२७) ताप्लेजुङ : अमृत कुमार सावदेन
२८) खोटाङ : ललित राई
२९) ओखलढुंगा : पदम कुमारी गुरुङ
३०) उदयपुर : ध्रुव रायमाझी
३१) संखुवासभा : दिपेन्द्र भण्डारी
३२) सोलुखुम्बु : राजेन्द्र बस्नेत
३३) तेह्रथुम : टंक प्रसाद अधिकारी
३४) भोजपुर : जनक नेपाल
३५) सुनसरी : दिनेश कुमार बस्नेत
३६) पाँचथर : कमल बहादुर चेम्जोङ
बागमती प्रदेश
३७) सिन्धुपाल्चोक : निलध्वज थापा
३८) काभ्रेपलान्चोक : सहदेव भण्डारी
३९) भक्तपुर : अर्जुन कार्की
४०) चितवन : चेतनाथ वाग्ले
४१) रामेछाप : भरत वाईवा
४२) दोलखा : गंगा बहादुर बस्नेत
४३) काठमाडौ : दिपक के.सी.
४४) ललितपुर : सबिन खड्का
४५) सिन्धुली : भिष्मराज श्रेष्ठ
४६) मकवानपुर : ऋषिलाल श्रेष्ठ
कर्णाली प्रदेश
४७) हुम्ला : बिकास महत
४८) दैलेख : सुरत के.सी.
४९) सल्यान : प्रदिप थापा
५०) मुगु : बिरचन्द बुढा
५१) रुकुम पश्चिम : खम्बु खत्री
५२) कालिकोट : मदन रोकाया
५३) डोल्पा : ईन्द्र रोकाया
५४) जाजरकोट : दिपक खनाल
५५) सुर्खेत : छत्रपति थापा
सुदूरपश्चिम प्रदेश
५६) डोटी : खडक प्रसाद अग्रवाल
५७) बैतडी : इन्द्र देव शरण भट्ट
५८) डडेल्धुरा : राजेन्द्र भण्डारी
५९) बझाङ : विश्वप्रकाश जेठारा
६०) कैलाली : एकेन्द्र बहादुर मल्ल
६१) कञ्चनपुर : केशव खत्री
६२) दार्चुला : प्रकाश दयाली
६३) बाजुरा : जित बहादुर शाही
६४) अछाम : मिन बहादुर शाही
मधेस प्रदेश
६५) पर्सा : विना जयसवाल कुर्मी
६६) सर्लाही : बिजय यादव
६७) सिराहा : शम्भुप्रसाद यादव
६८) सप्तरी : उम्देश्वर प्रसाद साह
६९) बारा : विनोद भारती
७०) महोत्तरी : राजेश्वर राय यादव
७१) धनुषा : रामचन्द्र यादव
७२) रौतहट : विक्रान्त नेपाल