नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले ९० प्रतिशत नेताकार्यकर्ता १५ औं महाधिवेशनमा सहभागी हुने बताएका छन्।
आज केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूसँग कुराकानी गर्दै उनले असोज ३ र ४ मा वडा अधिवेशन र विभिन्न अधिवेशन गरी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन हुने र यो महाधिवेशनमा ९० प्रतिशत नेता कार्यकर्ता सहभागी हुने बताए।
‘हामी ३१ जनाबाट सुरू गरेको ५१ जना पुग्नुभयो, अधिवेशनमा ९० प्रतिशत साथीहरू सहभागी हुनुहुन्छ,’ उनले भने।
उनले शेरबहादुर देउवा कुनै पनि उम्मेदवार नरहेको पनि बताए। आफूहरूले अघि सारेका माग कांग्रेसले पूरा गर्दै लगेको पनि उनले बताए।
देउवा अहिले सर्वोच्च नेता रहेको पनि उनले बताए। ‘उहाँले सभापति रहेको दाबी गर्नुभएको छ, हामी सर्वोच्च नेता बनाउँछौं,’ उनले भने, ‘देउवाले कुनै न कुनै नेतालाई नेतृत्व हस्तान्तरण गर्नुहुन्छ।’