राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको सूचना अधिकारी शिवप्रसाद खतिवडाले जानकारी दिए।
प्रसाईंविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ अनुसार कसुर गरेको अभियोग दर्ता भएको थियो।
प्रसाईंले पछिल्लो समय रास्वपा सांसद रचना खतिवडामाथि गरेको टिप्पणीका आधारमा पक्राउ गरी मुद्दा चलाइएको थियो।
साइबर अपराध, सार्वजनिक शान्ति विरूद्धको कसुर तथा निर्वाचन सम्बन्धी कसुरलगायत अभियोगमा पक्राउ परेका उनी अदालतको आदेशपछि पटकपटक रिहा हुँदै आएका छन्। उनी दर्जन भन्दा बढी पटक पक्राउ परिसकेका छन्।