दुर्गा प्रसाईंको हकमा उनकी श्रीमती उमा प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट खारेज भएको छ।
रिट खारेज गरेसँगै प्रहरीले उनलाई थुनामा राखेर गरिरहेको अनुसन्धानले निरन्तरता पाउने छ।
न्यायाधीशहरू हरि फुयाल र मेघराज पोखरेलको इजलासले उनको रिट खारेज गरेको जनाएको छ।
रिटमा नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो भोटाहिटी, काठमाडौं समेतलाई विपक्षी बनाइएको थियो।
रास्वपाकी सांसद रचना खतिवडाविरूद्ध आपत्तिजनक अभिव्यक्ति दिएको उजुरीका आधारमा साइबर ब्युरोले उनलाई असोज १२ गते भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले आजै प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको सूचना अधिकारी शिवप्रसाद खतिवडाले जानकारी दिए।
प्रसाईंविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ अनुसार कसुर गरेको अभियोग दर्ता भएको थियो।