रौतहटको राजपुर नगरपालिका ६ मा झडप भएपछि स्थिति नियन्त्रण गर्न प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गरेको छ।
ताजिया विसर्जन गर्ने क्रममा दुई समूहबीच झडप भएपछि प्रहरीले ३/४ राउन्ड हवाइ फायर गरेको नगरपालिकाका मेयर मोहम्मद सकिल अख्तरले जानकारी दिए।
‘प्रदर्शनकारीलाई नियन्त्रण लिन प्रहरीले हवाइ फायर गरेको हो’ उनले सेतोपाटीसँग भने, ‘अहिले अवस्था सामान्य भइसकेको छ।’