सेवाग्राहीसँग १३ हजार रुपैयाँ घुस लिइरहेकाे अवस्थामा जिल्ला मालपोत कार्यालय सप्तरीका नायब सुब्बा पक्राउ परेका छन्।
आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले मालपोत कार्यालयका नायब सुब्बा कृष्णबल्लभ ठाकुरलाई उक्त घुस रकमसहित पक्राउ गरिएको अख्तियार कार्यालय इटहरीका सूचना अधिकारी पुरुषोत्तम ढकालले जानकारी दिए।
सुब्बा ठाकुरले ट्रायल चेक गरी बढी जग्गाको श्रेस्ता कायम गरिदिने भनी सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको सूचना अधिकारी ढकालले बताए।
नियन्त्रणमा लिइएका ठाकुरमाथि अनुसन्धान भइरहेको उनले बताए ।