इलाका प्रहरी बनेपा काभ्रेका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिना उत्कृष्ट प्रहरी घोषित भएका छन्।
बागमती प्रदेश प्रहरी कार्यालयले उनको कामको कदर गर्दै बेस्ट स्टेट पोलिस अफ द मन्थ घोषणा गरेको हो।
बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहतमा कार्यरत् प्रहरी कर्मचारीहरूबाट सम्पादित कार्यको उचित मूल्याङ्कन गरी कार्यसम्पादनको स्तरमा प्रभावकारिता एवम् थप हौसला प्रदान गर्ने उद्देश्यले उनलाई बेस्ट स्टेट पोलिस अफ द मन्थ घोषणा गरिएको हो।
उनले असोज महिनामा ९ जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा कैद भुक्तानको लागि पेश गरेका थिए। लागुऔषधको विक्री वितरण र रोकथामको लागि लागुऔषधसहित मानिस पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउनुका साथै डलर साट्ने बहानामा ठगी गर्ने समूहलाई पक्राउ गरी उनले कानुनी कारबाहीको दायरामा ल्याएका थिए।
उनको कार्यहरूको उचित मूल्यांकन गर्दै प्रदेश प्रहरी कार्यालयमा गठन भएको छनोट समितिले उनलाई महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरी अभिलेखमा उल्लेख हुने गरी नगद पुरस्कारद्वारा पुरस्कृत गरेको एसएसपी सुदीप गिरीले बताए।