नेपाल सरकारले सबै सार्वजनिक सेवा एउटै एपबाट दिनेगरी नागरिक एप सार्वजनिक गरेको छ।
शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले मन्त्रालयमा पत्रकार सम्मेलन गरी नागरिक एपको सार्वजनिक गरेका हुन्।
नागरिकलाई सार्वजनिक सेवा प्रवाहमा सहजता ल्याउन तथा सबै प्रकारका काममा अनलाइन प्रणाली अपनाउन नागरिक एपको सञ्चालन गरीएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले जानकारी दिए।
सेवाग्राहीले अब लामो लाइन र झन्झटिलो प्रक्रिया अपनाउनु नपर्ने उनको भनाइ छ।
नागरिक एप आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बरको आधारमा नेपाल टेलिकम र एनसेलको सिममार्फत् प्रयोग गर्न सकिने जनाइएको छ।
सेवाको लागि प्रयोगकर्ताले आफ्नो नागरिकता, मतदाता वा राहदानीमध्ये कुनै एकको विवरण उल्लेख गर्नुपर्ने छ।
सरकारले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रममा नागरिक एपको परिकल्पना गरेको थियो। ३ वर्षपछि यसले पूर्णता पाएको हो।