चितवनको शारदानगरस्थित घोलमा एक पुरूषको शव भेटिएको छ। भरतपुर–१७ सिमलडाँडा घोलको पानी भित्र शव भेटिएको हो।
चितवन प्रहरीका प्रवक्ता सूर्यबहादुर थापाले शव गोली हानी हत्या गरिएको हुनसक्ने बताए। ‘घोलमा शव थियो, शव नजिकै गोलीका खोका भेटिएका छन्,’ उनले भने, ‘गोली हानेको हो कि जस्तो देखिन्छ।’
उनले मृतकको पहिचान नभएको बताए। बिहान शव भेटिएको खबर आएपछि प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको बताए।
मृत पुरूषको टाउकोमा गोली लागेको जस्तो देखिएको थापाले बताए। घटनास्थलमा १ थान गोलीको खोका भेटिएको छ।
बस्तीदेखि केही पर कालोपत्रे सडक नजिकै रहेको घोलमा शव भेटिएको हो।