पछिल्लो २४ घन्टामा देशभर ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ७४ जनामा संक्रमण पुष्टि भएको हो।
४ हजार १२६ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।
एक हजार २३४ जनाको पिसिआर र दुई हजार ८९२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १२८३ जना सक्रिय संक्रमित छन्।
११६ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एकको जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: शनिबार, असोज ८, २०७९, ०६:३१:००