राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आइपिएल)को दोस्रो क्वालिफायरमा पुगेको छ।
बुधबार राति भएको इलिमिनेटर खेलमा सनराइजर्स हैदरावादलाई पराजित गर्दै राजस्थान दोस्रो क्वालिफायरमा पुगेको हो।
दोस्रो क्वालिफायर पुग्न राजस्थानले हैदरावादलाई ४७ रनले हरायो।
२४६ रनको लक्ष्य पछ्याएको हैदरावादलाई राजस्थानले १९.२ ओभरमा अल आउट गर्दै १९६ रनमा समेटेको थियो।
त्यस क्रममा राजस्थानका जोफ्रा आर्चरलले ३, नान्द्रे बर्गर, सुशान्त मिश्रा र रवीन्द्र जडेजाले २/२ तथा यशराज पुन्जाले एक विकेट लिए।
हेदरावादका लागि नितिशकुमार रेड्डीले बनाएको ३८ रन सर्वाधिक रह्यो। उनले २० बलमा ३ चौका र २ छक्का प्रहार गरे।
सालिल अरोराले ३५, इशान किसनले ३३, शिभांग कुमारले २७ र ट्राभिस हेडले १७ रन बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले ८ विकेट गुमाएर २४३ रन बनाएको थियो।
राजस्थानका लागि वैभव सूर्यवंशीले सर्वाधिक ९७ रन बनाए। २९ बल खेलेका उनले ५ चौका र १२ छक्का प्रहार गरी शतक बनाउन ३ रनले चुक्न पुगे।
ध्रुव जुरेलले ५०, यशश्वी जैसवालले २९, रियान परागले २६ रन बनाए।
बलिङतर्फ प्रफुल हिंगेले ३ तथा इशान मालिंगा, शिभांग कुमार र नितिशकुमार रेड्डीले १/१ विकेट लिए।
विजयी भएको राजस्थानले भोलि गुजरात टाइटन्ससँग दोस्रो क्वालिफायर खेल्नेछ।
दोस्रो क्वालिफायर जित्नेले रोयल च्यालेन्जर्स बेंग्लुरूसँग उपाधिका लागि भिड्नेछ।