अस्ट्रेलियाको यति फुटबल क्लबले आफ्नो वार्षिक साधारण सभासम्पन्न गरेको छ। मेलबर्नमा सम्पन्न उक्त सभाले सज्जन शर्माको नेतृत्वमा नयाँ कार्यसमिति समेत चयन गरेको छ।
सन् २००१ मा स्थापना भएको यति फुटबल क्लबले स्थानीय स्तरबाट सुरु गरेर समुदायको एक महत्वपूर्ण स्तम्भको रूपमा विकास गरेको छ ।
सभामा गरिएको निर्वाचनले आगामी सिल्भर जुबिली (२५ वर्ष पूरा) को उत्सवको लागि तयारी गर्नेछ।
क्लबले पूर्व अध्यक्ष कर्ण रानाको नेतृत्वमा रहेको पुरानो कार्यसमितिलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।
नयाँ निर्वाचित कार्यसमितिको नेतृत्व अध्यक्ष सज्जन शर्माले गर्नेछन् । नवनिर्वाचित समितिले भनेको छ, ‘२५ वर्षको यात्रालाई उत्सव मनाउँदै हामी समुदाय, विकास र सुन्दर खेल (फुटबल) लाई केन्द्रमा राखेर अघि बढ्नेछौं ।’
यति फुटबल क्लबको कार्यकारी समिति २०२६–२०२८:
• अध्यक्ष : सज्जन शर्मा
• उपाध्यक्ष : अशिम पन्त र ज्ञान श्रेष्ठ
• सचिव : चन्दनी रुक्सन राई
• सहसचिव : अभियान प्रधान
• कोषाध्यक्ष : विपस्ना लामा
• संहकोषाध्यक्ष : पंकज लामिछाने
१७ सदस्यीय कार्यसमितिमा अनामिका राई गुरुङ, राज शर्मा, कर्ण राना, हरि गुरुङ, कालु गुरुङ, प्रचण्ड श्रेष्ठ, भरत राना, निराजन गुरुङ, बिशन गुरुङ, उकेश श्रेष्ठ, राज सापकोटा, रोशन श्रेष्ठ, अरुण श्रेष्ठ, सुन्दर कार्की, प्रबिन गुरुङ,एल न न्यौपाने र बियान्का रहेका छन् ।नयाँ कार्यसमितिले आगामी दुई वर्षभित्र क्लबलाई अझ मजबुत र समुदाय केन्द्रित बनाउने लक्ष्य राखेको छ ।