नेपालका तीन खेलाडीले भारतको महिला फुटबल लिग खेल्ने भएका छन्।
सेथु एएफसीबाट खेल्नका लागि गोलकिपर अन्जिला तुम्बापो सुब्बा यसअघि नै पुगिसकेकी थिइन्।
बिहीबारदेखि सुरु हुने दोस्रो भागको लिगमा सहभागी हुन मिडफिल्डरद्वय सरु लिम्बू र रेनुका नगरकोटे पनि मंगलबार भारत गएका छन्।
रेनुका र सरुले किकस्टार्टबाट खेल्ने भएका छन्।
लिगको आठौ चरणको खेल बिहीबारदेखि सुरु हुँदैछन्। जसमा किकस्टार्टले नितासँग खेल्दैछ भने सेथुले इस्ट बंगालविरूद्ध प्रतिस्पर्धा गर्नेछ।
लिगको सात चरणपछिका सबै खेल कोलकतामा हुने कार्यक्रम छ।
सात चरणसम्ममा इस्ट बंगाल २१ अंकसहित शीर्ष स्थानमा छ भने सेथुको १६ अंक छ। किकस्टार्ट ६ अंकसहित सातौं स्थानमा छ।