भारतले जारी गरेको नयाँ नक्सामा नेपालका भूमि परेकोमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले त्यो नक्सा अस्वीकार गर्ने बताएका छन्।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले भने, ‘एकपक्षीय रूपमा जारी भएको नक्सालाई हामीले अस्वीकार गर्ने र कूटनीतिक, राजनीतिक तहबाट त्यसलाई समाधान गर्नेछौं।’
उनले अन्यत्र पनि सीमामा विवाद रहेको बताए।
‘दुई प्रतिशत जति सीमाका समस्या बाँकी छ,’ उनले भने।