गायक सजल न्यौपानेको स्वरमा 'पाएँ मैले तिमीलाई' बाेलकाे गीत सार्वजनिक भएको छ। लुलु आर राणाको शब्द रहेको गीतमा संगीत तथा एरेन्ज रिदम कँडेलको सुन्न सकिन्छ।
गीतकार राणा भन्छिन्, 'यो गीतमा मायाको परिभाषा फरक तरिकाले दिन खोजेको छुु।'
यस्तै यता गायक न्यौपाने गीतलाई सम्पूर्ण युनिटले मिहिनेत साथ तयार गरेकाले दर्शक-स्रोताले रूचाउने विश्वास व्यक्त गर्छन्।
वर्षा सिवाकोटी, जीवन भट्टराई र विकास लामिछानेले अभिनय गरेको गीतलाई अनुप चापागाईंले निर्देशन गरेका हुन्। भिडिओमा वर्षालाई पाउन जीवन र विकासको टकराव देखाइको छ।
'रोमान्टिक लागे पनि यो स्याड भर्सनको गीत हो,' निर्देशक चापागाईं भन्छन्, 'त्यही गीतको थिम अनुसार भिडिओ बनाउने कोशिस गरेको छु।'
भिडिओमा हरि हुमागाईंको छायाँकन, विकास दाहालको सम्पादन, समरा श्रेष्ठको मेकअप देख्न सकिन्छ।