अर्जुन राना मगरको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। 'तिम्रै नाम' बोलको यो गीतमा भानु ओलीले शब्द दिएका छन् भने अनिल फाँगोको संगीत छ।
गीतको म्युजिक भिडिओमा लक्ष्मी बर्देवा, जीवन भट्टराई र बालकलाकार सुमित अधिकारी र रिया हमालको अभिनय तथा प्रस्तुति छ। लक्ष्मी र जीवन दुवै रंगमञ्चमा सक्रिय छन्। दुई बाल्यकालिन साथी बीचको सम्बन्ध भिडिओको कथाले देखाउन खोजेको छ।
लक्ष्मी र जीवन आफ्नै निर्देशनमा तयार भएको भिडिओमा बुद्ध थापाको सिनेमेटोग्राफी रहेको छ। यसमा सागर दहालले सहायक निर्देशकको भूमिका निर्वाह गरेका छन्। भिडिओ सम्पादन विष्णु खड्काले गरेका छन्।
'तिम्रै नाम' मंगलबार युट्युब च्यानल 'टुवेल्भ नोट्स'बाट सार्वजनिक भएको छ।