‘नयाँ प्रबिधि, पुरानो समस्या र महान विचारले प्रत्येक क्षण अर्कौ नयाँ आविष्कार हुन्छ,’ डिन कमेन।
माथिको भनाई प्रबिधिको विकाश क्रमसँग मेल खान्छ। प्रत्येक पटक नयाँ प्रविधि विश्वसँग परिचित हुँदै गर्दा यसले आफूसँगै समस्या पनि बोकेर ल्याउँछ। अनि त्यो समस्यालाई अर्कौ नयाँ विचारले समाधान गर्दा नयाँ प्रविधिको आबिष्कार हुन्छ। यसरी प्रविधि हवाई जहाज, रकेट, कम्प्युटर, सूचना प्रविधि हुँदै अझ नयाँ खुडकीलो थप्दै अघि बढने क्रममा छ।
आज हामी वर्तमान आधुनिक पुस्ताको महत्वपूर्ण अंग कम्प्युटर स्टोरेजको चुनौति र यसले निकट भविष्यमा प्राप्त गर्न सक्ने समाधानका बारेमा चर्चा गर्नैछौं।
कम्प्युटर प्रविधिको विकास (मोवाईल फोन, डिजिटल क्यामेरा, ट्याब, डिजिटल प्लेयर जसलाई हामी पि.डि.ए अर्थार्थ पर्सनल डिजिटल असिस्टेन्ट पनि भन्छौ। ) सँगै यसले प्रोसेस गर्नै डाटाको अनियन्त्रीत बढ्दो आकार संगै स्टोरेजको पनि क्षमता बढदै गयो र अहिले उपलब्ध फिजिकल स्टोरेज डिभाइस तथा क्लाउड स्टोरेजहरु बिकल्पको रुपमा खडा भयो तर अहिले उपलब्ध स्टोरेज प्रणालि केही शताब्दि वा निश्चित समयका लागि उपयुक्त छ।
ढिलो वा चाँडो हामीलाई एकदमै नयाँ प्रणालीको आवश्यक्ता थियो/छ। त्यो आवश्यकता पूर्ति गर्न नयाँ स्टोरेज पद्धतिको आविष्कार भएको छ, त्यो हो डिएनए स्टोरेज।
जहाँ जीवको अस्तित्व छ त्यँहा डि.एन.ए छ। हामी मानव जाति आफ्ना आमा र बुवाको वायलोजिकल प्रिन्ट हौं। पृथ्वीमा जीवको उत्पती भएपछिको पहिलो जिवको गुण अहिले हामीसम्म आइपुग्दा पनि डि.एन.ए. को माध्यमले एक पछि अर्को जीवमा सर्दै गयो यसरी प्रकृतिले आफनो रचनालाई भण्डारण गर्नै स्टोरेज प्रणाली पहिले नै विकास गरिसकेको थियो।
अहिले आएर उस्तै प्रकृयालाई पछयाउदै जिव विज्ञान र कम्प्युटर विज्ञानको समिश्रणमा यो उपलब्धि पुरा हुने पूर्वसन्ध्यामा छ।
डि.एन.ए मा डाटा भण्डारण गर्दा थोरै ठाँउ लिन्छ तथा लामो समयसम्म शुरक्षीत रहन्छ। १ ग्राम डि.एन.ए मा करिब २ पेटा बाईटस (करिब २ हजार टेराबाईटस) सम्म डाटा भण्डारण गर्न सकिन्छ अर्थात यो संसारभरि उपलब्ध सम्पूर्ण डाटालाई डि.एन.ए फाईलका रुपमा सेभ गर्दा एउटा सानो भ्यानको पछाडि अट्छ र यी डाटाहरु लाखौ वर्षसम्म सुरक्षीत रहन्छर। जुन अहिले प्रयोगमा रहेको क्लाउड तथा फिजिकल स्टोरेजका लागि असम्भव हो।
स्टोर कसरी गरिन्छ ?
पि.डि.ए.मा भण्डारण गरिने सबै थोक ० र १ अर्थार्थ बाईनरी डिजिटका रुपमा रहन्छ। मेसिनले पनि बाईनरी डिजिट मात्र बुझ्छ जसलाई हामी मेसिन ल्याङ्गवेज भन्छौं। डि.एन.ए. कोड चाँही ४ वटा अंग्रेजी अल्फाबेट मिलेर बनेको छ ACGT अर्थात Adenine, Cytosine Guanine, Thymine। यिनै ४ वटा तत्व मिलेर डि.एन.एको निर्माण हुन्छ। बाईनरी कोडलाई डि.एन.ए कोडमा यसरी कन्भर्ट गरिन्छ।
बाईनरी कोड डि.एन.ए कोड
बाईनरी कोड | डि.एन.ए कोड |
०० | A |
०१ | C |
१० | G |
११ | T |
यसरी बाईनरी कोडलाई डि.एन.ए. कोडमा कन्भर्ट गरेपछि डि.एन.ए. रसायनको रुपमा ट्यूवमा भण्डारण गरेर राख्न सकिन्छ। यसलाई अध्याँरो, सुख्खा तथा चिसो ठाँउमा लाखौ वर्षसम्म राख्न सकिन्छ।
अबको ५ वर्ष भित्र प्रयोगमा ल्याउने गरि यस प्रविधिको बिभिन्न देशहरुमा सफल रुपमा परीक्षण भइसकेको छ। मार्टिन लुथर किङ्गको बिश्व प्रसिद्घ भाषण ‘आइ ह्याब अ ड्रीम’ लगाइत अन्य केहि ईमेज फाईललाई सफलतापूर्वक डि.एन.ए. कोडमा कन्भर्ट, कपि तथा पुनः वाईनरी कोडमा रि–कन्भर्ट गरि सकिएको छ।
हाल डि.एन.ए.कोडमा डाटा लेख्न तुलनात्मक रुपमा खर्चिलो तथा धेरै समय लाग्ने भएता पनि छिट्टै यसको समाधान पनि निस्कने कुरामा आशावादि होऔं। किनभने डिन कमेनले भने झै नयाँ प्रबिधि, पुरानो समस्या र महान विचारले प्रत्येक क्षण अर्कौ नयाँ प्रविधिको आविष्कार हुन्छ।