Setopati ब्लग
Subscribe Setopati
मंगलबार, भदौ ३, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

नाइट क्लब

गोकर्णप्रसाद उपाध्याय

गोकर्णप्रसाद उपाध्याय

भनिमण्डल, ललितपुर ।

एक साँझ दुर्गा भाउजुको भट्टीमा उपत्यकाका चारतिरबाट आएका चारजना भेला भए।

ससिक, प्रज्ञान, पल र जुभा क्रमशः मैतीदेवी, चाबहिल, टोखा र कोटेश्वरबाट।

हाँसको कालो छोयला र पांग्रा, उसिनेको हरियो भट्मास र नेपाली स्टाइलको ‘ग्रिन’ सलाद सितन मगाए।

सितनसँग प्रतिव्यक्ति तीन बोतलका दरले एक ‘कार्टुन’ बियर रित्याएपछि उनीहरूलाई बियरको भन्दा ठमेल जाने नशाले छोयो।

चारैजना जर्‍याकजुरुक उठ्दै भट्टीबाट निस्किएर ट्याक्सीछेउ गए। ससिकले आधी खुलेको झ्यालबाट चियाएर चालकलाई सोध्यो,‘मिटरमा जान्छ हैन ?’

हल्का बत्तीमा मन्द मुस्कानमा चालक भन्छन्, ‘भइहाल्छ नि सर।’

सबै चढेपछि ‘फ्ल्याग डाउन’ गर्‍यो।

अचम्म! ट्याक्सीवालाले रातमा जादिनँ भनेर आनाकानी गरेन।

कुनै मोलमोलाई गरेन। मिटरमा त नजाने पनि भनेन। मिटरमा सय, पचास थपेर दिनुहोला पनि भनेन। काठमाडौंमा राम्रा ट्याक्सी चालक पनि भएको महशुस गरे सबैले।

ससिक काठमाडौंमा यति राति पहिलो पटक ट्याक्सी चढ्दै थियो।

बरु कहिलेकाहीँ बिहानै चढेको थियो। पश्चिम नेपालबाट आउँदा नाइट बसले झिसमिसेमै कलंकीमा झारेपछि डेरा आउन। त्यो पनि घरबाट आमाले दुई बोरा चामलसँगै एक दुई बट्टा घिउ पठाएको बेलामात्र। अरुबेला त सार्वजनिक यातायात छँदै थियो।

ससिक ‘फ्ल्यासब्याक’मा गइरहँदा पल गुरुजीलाई ठमेल ‘एलओडी’ जान भन्दै’थ्यो।

दाम्मी छ ‘एलओडी’। महँगो ‘इन्ट्री फि’, ‘डेकोरेसन’ त झन् बबाल।

‘इन्ट्री फि’ कति छ थाहा छैन। तर महँगो सुन्नासाथ जेनतेन हातमुख जोड्ने, काठमाडौंमा घर नभएका बाँकी तीन जनाले नि:शुल्क ‘एलओडी’ छिर्ने जुक्ति सोच्दा सोच्दै ठमेल आइसकेछ।

मिटरको चारसय बैसट्ठी रुपैयाँतर्फ संकेत गर्दै थाइल्याण्ड बसाइँमा सिकेको ‘थेउरी’ लागू गर्न प्रज्ञान ससिकलाई भन्छ ‘दाइ, बैंककमा गाडीको अघिल्तिर बस्नेले भाडा तिर्छन्।’

ससिक पाँच सयको नोट गुरुजीको हातमा थमाउँदै भन्छ,‘बाँकी तिम्रो इमानदारिताको कदरस्वरूप राख। फिर्ता गर्नुपर्दैन।’

चारै जना हाँस्दै गर्ल्यामगुर्लुम उत्रिए।

छेवैको टेलिफोन पोलमा आड लागेर कसैलाई मोबाइलमा ‘डायल’ गर्दै प्रज्ञान ‘चारजना छौं। ‘एलओडी’ छिर्ने रहर छ। टन्न पैसा तिर्नुपर्ने रै’छ। सित्तैमा छिराइ देऊ है।’

जवाफः ‘त्यहाँ त खै ? चिन्या कोइ छैन। ‘नसा’मा जाउ न त। भन्दिन्छु।’

‘नसा’ रे ! कता हो त्यो फेरि ? प्रज्ञानले फोनमा सोधिरहँदा पलले घुक्र्यायो ‘ह्या, राम्रो छैन ‘नसा’। बरु घर जाऔं।’

प्रज्ञानको प्रतिष्ठै जोडिएपछि फेरि ‘दाइ, सक्दैनौ भने ‘क्लियर’ भन, आफ्नै तरिकाले छिर्छौ। छिर्ने त आज ‘एलओडी’ नै हो।’

घुर्कीले काम गरेछ। पाँच मिनेटमा ‘म्यासेज’ आयो ‘फलानोलाई भेट। नम्बर यो हो। ‘इन्जोय’ गर।’

केटाहरू ‘टोर्नाडो’कै बेगमा ‘एलओडी’ काउन्टरमा पुगेर फोन गरे। छिनभरमै सेतो टिसर्ट, सेतो हाफ पाइन्ट र सेतै जुत्तामा ‘मिस्टर ह्वाइट’ अर्थात् ‘फलानो’ आएर स्वागत गर्दै भने, ‘ढिला आइस्यो नि त हजुरहरू। ‘एनिवे’ जाऔं प्लिज!’

भित्र छिर्न नाडीमा ‘ट्याग’ लाउनुपर्ने। जुत्ता नभइ छिर्न नपाइने। ‘मेटल डिटेक्टर’ले जाँच्ने।

यो सबै हेरिरहेको जुभाः ‘दाइ, सिंहदरबार छिर्न नि यस्तो चेकजाँच हुन्न।’

पलः ‘सिंहदरबारमा यस्तो रमाइलो पनि त हुन्न होला।’

सबै सुनिरहेको ‘मिस्टर ह्वाइट’ जोक शैलीमाः ‘सरहरू सबभन्दा रमाइलो र ‘इन्जोय’ गर्ने ठाउँ सिंहदरबार त हो नि।’

गलल्ल हाँसो रोक्दै जुभाले एक्कासी प्रज्ञानको कानमा फुस्फुसायो ‘दाइ, मेरो खुट्टामा हेर्नु त, चप्पल छ। म बाहिरै बस्नु!’

प्रज्ञानले बल्ल बुझ्यो भित्र छिर्न जुत्ता अनिवार्य छ।

काउन्टरमा बस्ने बहिनीले उनीहरूको कुरो बुझेर भनिन्, ‘एक्सक्युज मि! यहाँ जुत्ताको व्यवस्था पनि छ।’

जुभा (खुसी हुँदै): ‘देऊ न त।’

सरले ‘चार्ज’ तिर्नुपर्छ। एक हजार रुपैयाँ।

जुभाले एक मनले सोच्यो, ‘मिस्टर ह्वाइट’लाई भन्छु। अर्को मनले सोच्यो ‘यत्रा मान्छेलाई ‘फ्रि’मा छिराउने ‘मिस्टर ह्वाइट’लाई जाबो जुत्ता नि:शुल्क देऊ कसरी भन्नु?’

गोजीबाट निकालेर एक हातले हात्ती दियो अर्को हातले जुत्ता लियो।

माग। आवश्यकता। चाहना। जम्मै पूरा भएपछि टोली ‘एलओडी’ लेखेको सेतो ‘ट्याग’ नाडीमा बाँधेर ‘एलओडी’को दुनियाँमा प्रवेश गर्‍यो।

गेटमा ‘मेटल डिटेक्टर’। ‘इन्ट्री’देखि नै ‘डिस्को लाइट’। कालो ‘ड्रेस’मा दायाँबायाँ ठडिएका खाइलाग्दा ‘बाउन्सर’। स्टेडियम आकारको ‘क्लब’। जताजतै ‘एलओडी’ लेखिएका ‘डिस्प्ले’हरू । अग्लो ‘स्टेज’मा ‘डिजे म्युजिक’। चिटिक्क आकारका सिसाका टेबलसहितको ‘स्मार्ट फिनिसिङ र फर्निसिङ’।

पलले सूचना दियो, ‘यो त एसियाकै उत्कृष्ट ‘क्लब’मध्ये पर्छ।’

उत्कृष्ट भए पनि आधी रात भइसकेकोले होला टेबल पनि आधीभन्दा बढी खाली थिए। उनीहरू टेबलमा बस्न नपाउँदै दुई जना वेटर ‘अर्डर’ लिन आइपुगे।

टेबलमा घोप्टिएको ‘मेनु’ पल्टाउँदै जुभाले दुई बोतल चिऽऽऽसो बियर, साथमा दुइटा सिगरेट र चारवटा गिलास ‘अर्डर’ गर्‍यो। ‘अर्डर’सँगै आएको बिलको मूल्य हेरेपछि जुभाले पहिले तीन चित खायो अनि मात्र बियर खायो।

अघि पनि राम्रैसँग बियर हानिसकेका केटाहरूलाई शंका गर्दै बेलाबेलामा जुभा सम्झाउँदैथ्यो ‘यति धेरै दाम तिरेर बियर खाको ‘फर्स्ट टाइम’ हो। फाल्नु चाहिँ हुन्न है।’

पलले ठट्यौली गर्‍यो ‘केटाहरू सित्तैमा पाएको भए ‘कार्टोन’का ‘कार्टोन’ सक्थ्यौं। सस्तो भए आधा ‘कार्टोन’ पक्कै रित्याउँथ्यौं। ‘एलओडी’मा दुई बोतलले पुग्यो?’

पहिले जुत्ताको भाडा तिर्ने। पछि बियरको समेत दोब्बर बढी मूल्य तिर्ने जुभा भन्दैथ्यो ‘जाऔं दाइ, धेरै नबसौं। मलाई यहाँ बस्ने फिटिक्कै मन भएन। मुऽऽऽला, चप्पल लगाउने चाहिँ दोस्रो दर्जाका नागरिक हुन्?’

‘हो है जुभा। बरु ‘नसा’मै गएको भए मस्ती हुन्थ्यो होला।’ प्रज्ञानलाई पनि त्यहाँको ‘म्युजिक’, रमाइलो, तामझामभन्दा चर्को मूल्यकै पिरलो रै’छ।

ससिकले ‘केटा हो! जाम बरु गामबेसीँ दोहोरी।’ भनेर हो मा हो थप्दै गर्दा पलले लर्बराएको स्वरमा भन्यो ‘दोहोरी हैन यार ! बरु ‘सिएनआइ’ जाऔं न।’

जड्याहाहरूको अन्तिम निष्कर्ष आयो – घरै गएर सुत्ने।

जुत्ता फिर्ता दिँदा पनि जुभा भन्दैथ्यो ‘जिन्दगीमा फर्किएर यो ठाउँ आउँदिनँ। तर दाइ, ‘एलओडी’को अर्थ चाहिँ था’पाएर जान पाए हुने।’

यार जुभा ! हातमा बाँधेको सेतो ‘ट्याग’मा हेर त – ‘लर्ड अफ द ड्रिंक्स’।

जुभा मस्त हाँस्दै ‘त्यही भएर रै’छ। बियरको दाम यति धेरै लिएको ! हाहाहा ! मेरो त दिमाग नै जुत्ता र बियरको मूल्यमा घुमिरह्यो। ख्यालै गरिनछु।

‌***

एक हप्तापछि प्रज्ञान र ससिक बुटबल यात्रामा।

साँझको ‘फ्लाइट’। सदाझैं ‘डिले’। यसपालि पैतालीस मिनेट।

एयरपोर्टको ‘क्याफ्टेरिया’मा प्रज्ञानले ‘जुस’ किन्न खोज्यो। चार सय मिलिलिटरको एक बोतल पाँचसय रुपैयाँ तिरेर ल्याउनु पर्दा भन्दैथ्यो ‘बरु ‘एलओडी’कै बियर सस्तो। यति महँगो किन हुन्छ एयरपोर्टको ‘क्यान्टिन’?’

नविन भाइ उनीहरूलाई लिन बुटबलबाट भैरहवा विमानस्थल पुगेर ‘प्लेन अझै उड्या छैन? यता पानी पर्दैछ। मौसम रमाइलै छ। शुभ यात्रा है सरहरू’ भन्दै थिए ।

यता पचास मिनेट ढिलो ‘बोर्डिङ’ भयो। दस मिनेटजति ‘एअयर ट्राफिक’। हावाको कारणले होला आकाशमा बेस्सरी हल्लायो।

गौतमबुद्ध विमानस्थलको ‘अराइभल’मा नविन भाइले अविर र खादाले स्वागत गरेपछि आठ बजेतिर बुटबल पुगे। उमेश भाइ बुटबलमै रहेछन्। होटलमै लिन आइपुगे।

चौराह हस्पिटल छेऊको रेस्टुरेन्टमा खाजा खाइरहँदा बुटबलको ‘नाइट लाइफ’बारे चर्चा चल्यो। उमेशले बुटबलको चर्चित ‘नाइट क्लब’मा लैजाने प्रस्ताव गरे। हुन त उनी आफैं रुपन्देही बसाइँको चार वर्षसम्म पनि त्यहाँ पुगेका रहेनछन्।

प्रज्ञानले ठट्यौलीमा भन्यो ‘ओके डन’, बाँकी भेटमा’

ससिक अचम्मित मुद्रामा ‘दोहोरीको गढ हैन बटौली ? यहाँ पनि ‘नाइट क्लब’!’

दोहोरी त छदैछन्, ‘क्लब’ पनि थुप्रै खुलिसके।

ससिकले प्रज्ञानतर्फ हेर्दै थप्यो ‘अस्ति ‘एलओडी’ गएजस्तो होला नि। ताइँ न तुइँ।’

‘ग्याम्पे’ गरेर सबै निस्किए नजिकै रहेको – ‘द कन्सेप्ट क्लब एन्ड पब’को रात्रिकालीन भ्रमणमा।

‘अटो’ चढेर ‘क्लब’ पुग्दाको बाहिरी दृश्य गज्जबै थियो। सयौं मोटरसाइकलका बीच केही थान गाडी। न्युरोड, विशालबजार अघिको ‘मोटरसाइकल मेला’जस्तो।

अनि भित्र हिन्दी सिनेमामा देखाइने ‘डिस्को’जस्तो भव्य। युवायुवतीको ठेलमठेल भीड। दस मिनेटको संघर्षपश्चात भीड छिचोलेर माथिल्लो तलामा पुग्दा पनि उस्तै।

भुइँमा असरल्ल बियरका ‘क्यान’, पानीका बोतल, ‘नेपकिन पेपर’। आकाशमा डुङ्डुङ्ती सिगरेट र हुक्काको धूवाँ। चारैतिर गुञ्जिएको ‘लाइभ म्युजिक’।

एक अर्काको हात र कम्मर समातेर नाँचिरहेका उन्मत्त जोडीहरू। केही इन्डियन अनुहार पनि। पन्ध्र–सोह्रदेखि पचास वर्षसम्मका। कोही हुक्काको स्वादमा मस्त, कोही बियरको चुस्कीमा। कोही संगीतको लयमा त कोही नाच्न।

गीत पनि उस्तै ‘मै तेरा ब्याइफ्रेन्ड, तु मेरी गर्लफ्रेन्ड रे ! अनि बादशाह, हनि सिंहका शराबसँग सम्बन्धित हिन्दी गीत। बीच्च बीच्चमा अंग्रेजी र नेपाली गीत।’

ठीक पौने दस बजे प्रहरीको ‘इन्ट्री’ भयो। ‘क्लब’ बन्द गर्नुपर्ने नियमै रहेछ दस बजे। पन्ध्र मिनेटमा ‘क्लब’ पूरै खाली। बाँकी रह्यो ‘क्लिनर’को काम। भोलि शनिबार पनि त ‘क्लब’मा यस्तै भीड होला। आधुनिक जो भइसकेको छ बुटवल।

***

एक जना सुदूर पश्चिमको र एक जना सुदूर पूर्वको ठिटो। हाल दुवैको अस्थायी बसाइँ काठमाडौंमै रहेको। दुवैजना नियमित ग्राहक नभई मौकाले ‘क्लब’ छिरेका।

दुवैले सँगसँगै एक साताको अवधिमा त्यो पनि दुई ठाउँका राम्रा भनिएका ‘नाइट क्लब’हरू काठमाडौंको ‘एलओडी’ र बुटवलको ‘द कन्सेप्ट’लाई नजिकबाट अनुभव गर्ने अवसर पाए। दुवै ठाउँमा करिब दुई/ दुई घण्टा झकिझकाउ, तडकभडक, ‘रक एन रोल म्युजिक विथ डिजे’, युवायुवतीको रात्रिकालीन जीवन, बियर, सिगरेट र हुक्काको सेरोफेरोमा मगन भएको आधारमा प्रज्ञानले भन्यो ‘दाइ, काठमाडौं फ्लप खाइसकेछ।’

 

 

प्रकाशित मिति: शनिबार, असोज १८, २०७६  १६:१९
सिफारिस
नेपाल र भारतका विश्वविद्यालयका सयौं नक्कली शैक्षिक प्रमाणपत्रसहित एक जना पक्राउ
नेपाल र भारतका विश्वविद्यालयका सयौं नक्कली शैक्षिक प्रमाणपत्रसहित एक जना पक्राउ
नेताले होइन, प्रविधिले ल्याउनेछ सुशासनमा क्रान्ति
नेताले होइन, प्रविधिले ल्याउनेछ सुशासनमा क्रान्ति
रवि लामिछानेको स्वास्थ्यमा समस्या, रगतको नमूना परीक्षणका लागि लगियो वीर अस्पताल
रवि लामिछानेको स्वास्थ्यमा समस्या, रगतको नमूना परीक्षणका लागि लगियो वीर अस्पताल
एकतर्फी बन्यो नारायणगढ–मुग्लिन सडक
एकतर्फी बन्यो नारायणगढ–मुग्लिन सडक
विपिनका परिवारको साथमा सरकार छ: प्रधानमन्त्री ओली
विपिनका परिवारको साथमा सरकार छ: प्रधानमन्त्री ओली
बैतडीको डोल गाउँमा २०१८ सालदेखि खसिरहेछ पहिरो
बैतडीको डोल गाउँमा २०१८ सालदेखि खसिरहेछ पहिरो
नेपालीहरूको ज्यान लिइरहेको विषाक्त मदिरा कहाँबाट आउँछ कुवेतमा?
नेपालीहरूको ज्यान लिइरहेको विषाक्त मदिरा कहाँबाट आउँछ कुवेतमा?
५ वर्षमा ७ हजार ५६४ जना बालिकामाथि बलात्कार, धेरै आफन्तबाटै
५ वर्षमा ७ हजार ५६४ जना बालिकामाथि बलात्कार, धेरै आफन्तबाटै
डिस्चार्ज भइसकेका कैदीहरू अझै किन छन् अस्पतालमा?
डिस्चार्ज भइसकेका कैदीहरू अझै किन छन् अस्पतालमा?
प्रतिक्रिया दिनुहोस्
थप

ब्लग

रिक्सावाला बा!
साइकलबाटै काम, व्यायाम र घुमघाम!
जीवनको मजा आफू स्वस्थ हुँदा मात्र हो!
आमाको शरीर चिसो भएपछि मात्र पुगेँ...
सैयारा सिन्ड्रोम!
'लेखेर राख्नुस्– ४० कटेपछि तपाईं पनि धर्मकर्ममा लाग्नुहुनेछ!'

विचार

रमेश अधिकारी
स्वमूल्यांकनसँग किन डराए राजनीतिक दल? रमेश अधिकारी
अनिल पोखरेल
थेग्रिनी व्यवस्थापन नगरे 'नेपालकै शोक' बन्न सक्छ कोशी! अनिल पोखरेल
जीवन क्षेत्री
सन्तानलाई डाक्टरी पढाउने? यी ५ कुरा थाहा नभए पछुताउनु पर्ला! जीवन क्षेत्री
नारायण वाग्ले
शंकर पोखरेलको सही प्रश्न नारायण वाग्ले

ब्लग

छुपी पुन (छाया)
रिक्सावाला बा! छुपी पुन (छाया)
दिनेश बज्राचार्य
साइकलबाटै काम, व्यायाम र घुमघाम! दिनेश बज्राचार्य
पूजा ढुंगाना
जीवनको मजा आफू स्वस्थ हुँदा मात्र हो! पूजा ढुंगाना
लक्ष्मीधर गुरागाईं
आमाको शरीर चिसो भएपछि मात्र पुगेँ... लक्ष्मीधर गुरागाईं

साहित्यपाटी

अर्जुन कोन्दा
जुनुको संघर्ष! अर्जुन कोन्दा
भरत आचार्य
अविवाहित वडा सचिवको दर्ता नभएको प्रेम! भरत आचार्य
बिक्रम गुरुङ
तिम्रो पत्र लेख्ने जुक्तिले मलाई शाखा प्रबन्धक बनायो! बिक्रम गुरुङ
रामचन्द्र अधिकारी
सिकरकटेरीदेखि ओकिनावासम्म! रामचन्द्र अधिकारी

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP