Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati ब्लग
Subscribe Setopati
सोमबार, चैत ९, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Nmb
Nmb

लकडाउन र सीता

Royal Enfield
Royal Enfield
अनिशा भट्टराई

अनिशा भट्टराई

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

फेसबुकमा आजभोलि एउटा फोटो धेरैजनाले सेयर गरेको देख्दैछु जसमा लेखिएको छ- लक्ष्मणको लकडाउन अवज्ञा गर्दै सीता बाहिर निस्किँदा रावणले लगेको थियो, सरकारको लकडाउन अवज्ञा गर्दै बाहिर निस्किँदा कोरोनाले लैजाला। त्यसैले घरमै बसौं।

मलाई पहिलो पटक यो पोस्ट देख्ने बित्तिकै चित्त बुझेन र अहिले यति धेरै सेयर हुन थालेपछि, अझ महिला साथीहरूले पनि सेयर गरेको देख्दा रिस र नैराश्यताले घेर्न थालेको छ।

हामी अहिले घर बाहिर निस्किएको छौं/छैनौं, थाहा छैन तर हामी पितृसत्तात्मक सोचबाट अझै पनि बाहिर निस्किएको छैनौं भन्ने कुरा प्रमाणित भयो।

सायद मेरो दिमाग नचाहिने दिशातर्फ दौडिएको होला, सायद लकडाउनमा घर बसेर धेरै सोचेर होला, जे कारणले होस्, मलाई लकडाउनको अवज्ञा गर्नेहरूलाई सीताको दृष्टान्त दिएको उचित लागेन।

सीतालाई दोष दिन जति सजिलो छ, उनको परिस्थितिलाई त्यति नै सजिलोगरी नकारेको पनि देखिन्छ। मलाई रामायणको त्यो भाग याद भएसम्म सीताले आफ्नो श्रीमान संकटमा छन् भन्ने महशुस भएर आफ्नो देवरलाई सहयोग गर्न जान भनेकी थिइन्। देवरले रेखा कोरेर बाहिर ननिस्किनू भनेको र रेखा नाघेर बाहिर निस्किएपछिको नतिजा मात्र सबैले सम्झिएका रहेछन्।

सीताले घाइते भएका श्रीमानलाई ऋषिको श्रापबाट बचाउन भनेर 'मर्यादाको त्यो सीमारेखा' पार गरेकी थिइन्। त्यसपछि सीताले पार गरेको सीमारेखासँग घटनालाई जोडेर समाजले महिलाहरूलाई तर्साउने र सीमामा बस्न प्रेरित गर्ने उदाहरणका रूपमा मात्र प्रस्तुत गरियो। तर अग्निपरीक्षा दिएकी श्रीमतीको मान जोगाउन नसकेका रामलाई चाहिँ 'मर्यादा पुरुषोत्तम राम' भनेर पूजा गरियो।

सीताले रामसँगै वनबास नगएको भए, राम संकटमा छन् भनेर आफ्नो चिन्ता नगरी लक्ष्मणलाई नपठाएको भए र रामले श्राप पाउलान् भनेर डराएर 'लक्ष्मणरेखा' पार नगरेको भए सायद उनी आरामले आफ्नो जीवन बाँच्न पाँउथिन्।

सीतालाई आफ्नो 'पवित्रताको' प्रमाणको लागि अग्निपरीक्षा दिन लगाइयो तर रामले कुनै किसिमको परीक्षा दिनुपरेन। अरूले के बुझे थाहा छैन तर मेरो बुझाइमा महिलाले दु:ख पाउने र अपमानित हुनुपर्ने चाहिँ श्रीमानको बारेमा नै सोचेर रहेछ। श्रीमानप्रति पूर्णरूपमा समर्पित भई आफूलाई हराउनु महिलाहरूको ठूलो भूल रहेछ। जसले गर्दा आजसम्म पनि त्यो घटनामा सीतामाथि नै दोषारोपण गरिन्छ।

सीताको उदाहरण दिएर महिलाहरूलाई लक्ष्मणरेखाभित्र राख्न खोज्ने समाजले किन भन्न सकेन, ‘तिमीहरू आफ्नो श्रीमान संकटमा नै भए पनि लक्ष्मणरेखा पार नगर्नू। तिमीहरूले सीताजस्तै आफ्नो श्रीमानलाई संसार नमान्नू!’

Ncell
Ncell

हाम्रो समाजले सायद त्यो कुरामा ध्यान दिन नै सकेन वा सकेर पनि चाहेन। आखिर उसको स्वार्थ त महिलाहरूलाई 'लक्ष्मण रेखाभित्र' राख्ने मात्रै त थियो नि।

रामायणको यस प्रसंगलाई कोरोनासँग जोड्ने नै हो भने सीतालाई रावणले लैजान सफल सीताको आफ्नो श्रीमानप्रतिको अपार माया र श्रद्धाको कारणले थियो भनेर भुल्न हुँदैन जबकि कोरोनाले हामीलाई लैजान सक्ने भनेको हाम्रो अटेरीपन र मूर्खताको कारणले हो। हुनत कोही व्यक्तिले सीताजस्तै आफ्नो परिवारको मायाले गर्दा यस्तो महामारीको भय हुँदा पनि आफ्नोबारे नसोची परिवार पाल्नका लागि बाहिर निस्किनुपर्ने र काम गर्नुपर्ने बाध्यता होला तर सीताहरणको प्रसंगलाई सामाजिक सञ्जालमा राखिएको उनको विवशताको कारण वा श्रीमानप्रतिको मायाको कारणले नभएर लकडाउनको उल्लंघन गर्दा हुनसक्ने 'नकारात्मक परिणामबारे सचेत' गराउने उद्धेश्यले हो भन्ने देखिन्छ यद्यपी मेरो विचारमा यी दुइटै कुरा अलग हुन् र जोडेर हेर्न मिल्दैन।

कोरोना रावणजस्तो चेत भएको व्यक्ति, अझ भनौं विद्वान पनि होइन, जसले षडयन्त्र गरेर सीतालाई बाहिर निस्किन विवश गरायो। कोरोनाले रावणले जस्तो सीतालाई लगे पनि नछोई, सम्मानका साथ राख्दैन।

रावणले त सीतालाई मात्र लग्यो, कोरोनाले श्रीमान, परिवार, आफन्त, साथीभाइका साथै अपरिचित व्यक्तिहरूलाई पनि लैजान सक्छ।

कोरोना र रावणको तुलना गर्नु त्यो अर्थमा पनि मूर्खता जस्तो लाग्छ।

हो, सीताजस्तै हामीलाई पनि घरबाट बाहिर निस्किन बन्देज गरिएको छ तर फरक के हो भने सीताले आफ्नो बन्देज आफ्नो श्रीमानलाई बचाउने उद्धेश्यले तोड्नु सही थियो भने हामीले लकडाउनको अवहेलना गरी हाम्रो घर बाहिर निस्किनु गल्ती हुनेछ।

हो, सीताले आफ्नो श्रीमानको भलाइको लागि विवश भएर गरेको कुरालाई हामीले कोभिड-१९ को भयानक संक्रमणको अवस्थालाई हेलचेक्र्याइँ गरी नियमको अवज्ञा गर्ने जस्तो मूर्खतासँग तुलना गर्दै अब आउने पुस्तालाई पनि सीता नै गलत थिइन्, सीताजस्तो मूर्खता नगर भन्ने गलत सन्देश दिन चाहिँ जायज नहोला।

हामी घरमा धेरै दिन बसेर वाक्क भइरहेका छौं, गर्न केही नयाँ कुरा नपाएर छटपटिएका छौं र केही रचनात्मक तरिकाले मानिसहरूलाई सचेत गराउन तत्पर छौं, अझ त्यस्ता कुराहरू सामाजिक सञ्जालमा राख्न झन् धेरै आतुर हुन्छौं तर सकिन्छ भने यस्ता गलत सन्देश प्रचार नगरौं। बरु यो लकडाउनमा रामायणलाई फेरि नयाँ दृष्टिकोणले पढ्ने वा हेर्ने काम चाहिँ गरौं न !

प्रकाशित मिति: शनिबार, चैत २२, २०७६  १३:४८
सिफारिस
रवि र बालेन जय र वीरू जस्ता– विपिन आचार्य (पडकास्ट)
रवि र बालेन जय र वीरू जस्ता– विपिन आचार्य (पडकास्ट)
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नगरेकोमा सरकारलाई प्रश्नै प्रश्न
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नगरेकोमा सरकारलाई प्रश्नै प्रश्न
देउवाका भतिज प्रकाश ७ महिनादेखि अमेरिकामा
देउवाका भतिज प्रकाश ७ महिनादेखि अमेरिकामा
विवादै विवादको भूमरीमा नेपाली फुटबल
विवादै विवादको भूमरीमा नेपाली फुटबल
एमाले संसदीय दलको नेता बादल कि सुहाङ?
एमाले संसदीय दलको नेता बादल कि सुहाङ?
रास्वपाले चाहेजस्तो १५ वटा मन्त्रालय राख्न विज्ञहरूको 'ग्रिन सिग्नल'
रास्वपाले चाहेजस्तो १५ वटा मन्त्रालय राख्न विज्ञहरूको 'ग्रिन सिग्नल'
Mit
Mit
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

ब्लग

आजको पिकनिक झुर हुने त होइन!
२६ वर्षअघि मुस्ताङमा ७० रुपैयाँमा किनेको मनिपुरे सल
बालबालिकाको मञ्च- के सिक्छन् उनीहरू?
यहाँ मुटु जलिरहेछ!
साइबर सुरक्षा: विश्वासको खेलमा नेपाली युवा!
नयाँ सरकारसँग अपांगता समुदायको अपेक्षा
ime money transfer
ime money transfer

विचार

डा. मित्र परियार
समानुपातिक निर्वाचनमा किन भयो एकल जातीय दलित क्लस्टर? डा. मित्र परियार
योगेन्द्र चापागाईं
नयाँ सरकारले विद्यालय शिक्षामा के कस्ता परिवर्तन गर्नुपर्छ? योगेन्द्र चापागाईं
राजुप्रसाद चापागाईं
'ब्यालेट विद्रोह' का ६ सन्देश राजुप्रसाद चापागाईं
रमेश अधिकारी
बहुमतका लागि बाधक होइन निर्वाचन प्रणाली रमेश अधिकारी

ब्लग

विवेक जोशी
साइबर सुरक्षा: विश्वासको खेलमा नेपाली युवा! विवेक जोशी
मदन रोकाया
नयाँ सरकारसँग अपांगता समुदायको अपेक्षा मदन रोकाया
अनुप पुडासैनी
भू–राजनीतिक तनाव र नेपालमा मल आपूर्ति संकटको सम्भावना! अनुप पुडासैनी
प्रभा बराल
प्रियसँग जामाचो यात्रा! प्रभा बराल
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

जगत बोहरा
बसमा भेटिएको अपरिचित मानिस! जगत बोहरा
Hardik
Hardik
मनोजकुमार कँडेल
सम्बन्ध! मनोजकुमार कँडेल
side bar 17- shivam inner
side bar 17- shivam inner
श्याम गैरे
उद्रिएका सपनाहरू! श्याम गैरे
दिपेश पराजुली
अब यो देश कविले बनाउँछ! दिपेश पराजुली

केटाकेटीका कुरा

ओजस्वी गौतम
प्रिय बा! ओजस्वी गौतम
अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP