सुनसरी प्रतिनिधि सभा क्षेत्र नम्बर १ जनता समाजवादी पार्टी (जसपा) का अशोक कुमार राई र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङबीचको मतान्तर कम हुँदै गएको छ।
पछिल्लो मतपरिणामअनुसार गोमाले ११५३३ मत पाएकी छन् भने अशोकले ११३४१ मत पाएका छन्। उनीहरूबीचको मतान्तर १९२ छ।
यसअघि उनीहरूबीचको मतान्तर १०११ थियो।
नेकपा माओवादीका उम्मेदवार मुक्सामहाङ सुब्बाले भने ९०४७ मत पाएका छन्।
प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९, १०:०४:००