सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले अग्रता फराकिलो बनाएकी छन् ।
मत गणनाको पछिल्लो परिणाम अनुसार उनले नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारसँग ४ हजार ८५१ मतको अग्रता बनाएकी छन्।
चौधरीले हालसम्म २१ हजार ८११ मत ल्याँउदा गच्छदारले १६ हजार ९६० मत पाएका छन्।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबावु मैनालीले ५८४० मत पाएका छन्।
प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९, २२:०४:००