स्याङ्जा २ मा नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालले सुरुआती अग्रता लिएकी छन्। लामो समयको विवादपछि मतदान सकिएको दशौँ दिनबाट मतगणना सुरू भएको स्याङ्जामा नेपाली कांग्रेसका धनराज गुरूङ पछि परेका हुन्।
अहिलेसम्म सार्वजनिक मत परिणाम अनुसार अर्यालले २ हजार ३ सय ४ मत ल्याउँदा गुरूङले १ हजार ७ सय ३ मत पाएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिक राज गुरूङले ३९९ मत पाएका छन्।
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९, २०:०५:००