रोल्पाको परिवर्तन गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्रका सुकबहादुर बुढा मगर विजयी भएका छन्। सुकबहादुरले ३३११ मत पाएका छन्।
उनले कांग्रेसका विश्वकुमार चन्दलाई हराएका हुन्। चन्दले ३१२९ मत पाए।
यो पालिकामा एमालेले अध्यक्षमा उम्मेदवारी दिएको थिएन।
उपाध्यक्षमा माओवादीकी कलादेवी खत्रेनी विजयी भएकी छन्। उनले एमालेकी सपना रोका मगरलाई हराएकी हुन्।
२०७४ मा पनि यहाँ माओवादी केन्द्रले जितेको थियो।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९, ०५:४६:००